NM Khabar 16 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गौतम पुर्पक्षका लागि थुनामा: पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम भ्रष्टाचार अभियोगमा पुर्पक्षका लागि थुनामा परेका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अनियमितताको आरोपमा अख्तियारले उनीविरुद्ध ६ करोड ७३ लाखभन्दा बढी बिगो मागदाबी गरेको थियो।
Arjun Basnet
Arjun Basnet
16 June 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
सञ्जीव गौतम थुनामा
Share:

भ्रष्टाचार अभियोगमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि थुनामा परेका छन्। विशेष अदालतले बयान र थुनछेक बहसपछि गौतमलाई थुनामा पठाउने आदेश दिएको हो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीसँगै गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा बिगो असुल गर्न मागदाबी गरेको थियो।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रमाण परीक्षणका क्रममा गौतमलाई थुनावा पूर्जी दिई थुनामा राख्न आदेश दिएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार