मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

गौतम पुर्पक्षका लागि थुनामा: पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम भ्रष्टाचार अभियोगमा पुर्पक्षका लागि थुनामा परेका छन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अनियमितताको आरोपमा अख्तियारले उनीविरुद्ध ६ करोड ७३ लाखभन्दा बढी बिगो मागदाबी गरेको थियो।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
सञ्जीव गौतम थुनामा
Share:
१८८

भ्रष्टाचार अभियोगमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि थुनामा परेका छन्। विशेष अदालतले बयान र थुनछेक बहसपछि गौतमलाई थुनामा पठाउने आदेश दिएको हो।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीसँगै गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। अख्तियारले गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा बिगो असुल गर्न मागदाबी गरेको थियो।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रमाण परीक्षणका क्रममा गौतमलाई थुनावा पूर्जी दिई थुनामा राख्न आदेश दिएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार