सङ्खुवासभामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय अरुण राई पक्राउ परेका छन्। पाँचखपन नगरपालिका वडा नं. ३ का राईलाई प्रहरीले बुधवार बिहान नियन्त्रणमा लिएको हो।
ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
राईमाथि जबरजस्ती करणी कसुरमा हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
