NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

शीतलनिवासबाट हात्तीका दाह्रा चोरी गर्ने ५ पक्राउ

राष्ट्रपति कार्यालय शीतलनिवासबाट जेनजी आन्दोलनका क्रममा चोरी भएका दुई थान हात्तीका दाह्रा प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट हात्तीका दाह्राका चार टुक्रा र लागूऔषध ट्रामाडोल बरामद गरिएको छ। चोरी भएका दाह्रा गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी हुँदा हराएका थिए।
Sanjay Karki
Sanjay Karki
3 June 2026, 4:47 pm १ मिनेट पढाइ
आकार:
हात्तीका दाह्रा चोरी
Share:

शीतलनिवासबाट जेनजी आन्दोलनका क्रममा चोरी भएका दुई थान हात्तीका दाह्रासहित पाँच जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मनमैजु क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट हात्तीका दाह्राका चार टुक्रा र लागूऔषध ट्रामाडोल बरामद भएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजीव महर्जन (२५), टेकप्रसाद गुरुङ (२६), आयुष महर्जन (२७), पुरन बोहरा (२४) र सन्तबहादुर भुजेल (२०) छन्। यी दाह्रा गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयमा भएको तोडफोड र आगजनीका बेला चोरी भएका थिए। अनुसन्धानमा बरामद दाह्रा शीतलनिवासको भित्तामा सजाइएका नै भएको खुलेको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार