NM Khabar 19 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिद्धबाबा सुरुङमार्ग नजिकै पहिरो: सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पाको तिनाउ गाउँपालिका–३ मा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। सिद्धबाबा सुरुङमार्ग नजिकै सडक माथिबाट पहिरो खसेको हो। सडक खुलाउन डोजर प्रयोग गरी काम भइरहेको छ, जसका लागि १-२ घण्टा लाग्न सक्ने अनुमान छ।
Sanjay Karki
Sanjay Karki
19 August 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
सिद्धार्थ राजमार्ग पहिरो
Share:

सिद्धबाबा सुरुङमार्ग नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान करिब ७:३५ बजे सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने स्थानबाट करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

पहिरो झर्न रोकिएपछि सडक खुलाउन डोजर प्रयोग गरेर काम थालिएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार सडक खुलाउन एकदेखि दुई घण्टासम्म लाग्न सक्ने अनुमान छ।

सिद्धबाबा क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले प्रहरीले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ। राजमार्ग अवरुद्ध हुँदा पाल्पा–बुटवल सडकखण्डमा यातायात प्रभावित भएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार