सिन्धुलीको खुर्कोट हिरासतमा थुनुवा २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणमा प्रहरी उपरीक्षकसहित १० जनालाई कारबाही सिफारिस भएको छ। प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य नेतृत्वको छानबिन समितिले प्रतिवेदन बुझाउँदै यस्तो सिफारिस गरेको हो।
समितिले एक जनालाई सचेत, दुईलाई ध्यानाकर्षण, पाँचलाई चेतावनीसहित जिम्मेवारीबाट अलग, एकलाई नसिहत र एकको ग्रेड घटुवा गर्न सिफारिस गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षालाई उच्च प्राथमिकता दिन, हिरासत व्यवस्थापन कार्य निर्देशन २०८१ कार्यान्वयन गर्न र ड्युटीमा रहेका प्रहरीले नियमित निगरानी सुनिश्चित गर्न समितिले सुझाव दिएको छ।
