मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

५६ लाख ७० हजारको भेपसहित ७ जना सिन्धुपाल्चोकमा पक्राउ

सिन्धुपाल्चोकमा ५६ लाख ७० हजार रुपैयाँ बराबरको भेपसहित ७ जना पक्राउ परेका छन्। भोटेकोशी गाउँपालिका–३ गन्जेखोलाबाट १ हजार ६ सय २० थान भेप बरामद भएको हो। चीनबाट भित्री बाटो हुँदै कोदारी राजमार्ग प्रवेश गर्ने क्रममा उनीहरू पक्राउ परेका थिए।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२१३

सिन्धुपाल्चोकमा ५६ लाख ७० हजार रुपैयाँ बराबरको भेपसहित ७ जना पक्राउ परेका छन्।

भोटेकोशी गाउँपालिका–३ गन्जेखोलाबाट १ हजार ६ सय २० थान भेप बरामद भएको छ।

सिन्धुपाल्चोक प्रहरीका सूचना अधिकारी डिएसपी जेसी शाहका अनुसार चीनबाट भित्री बाटो हुँदै भेप नेपाल भित्र्याइएको थियो। कोदारी राजमार्ग प्रवेश गर्ने क्रममा विशेष सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरू पक्राउ परे।

पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका–४ का रामबहादुर विक (४८), हिमाल खड्का (४६), मंगलबहादुर थामी (३७) छन्। गणेश खड्का (३५), विकास विक (२४) र विशाल रक्पाल (१७) पनि सोही ठाउँका हुन्।

यसैगरी, बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बताएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार