NM Khabar 19 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

अरनिको सहित ६ राजमार्ग अवरुद्ध, यात्रामा सावधानीको आग्रह

अविरल वर्षाका कारण देशका छवटा मुख्य राजमार्ग बाढीपहिरोले अवरुद्ध भएका छन्। सिन्धुपाल्चोकको भोटेकोशी र बागलुङको जैमिनी नगरपालिकामा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ। अत्यावश्यक बाहेकको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
Kamala Devi
Kamala Devi
18 July 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
राजमार्ग अवरुद्ध
Share:

अविरल वर्षाले देशका छवटा मुख्य राजमार्ग बाढीपहिरोले अवरुद्ध पारेको छ। नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी–ढोरपाटन, अरनिको राजमार्ग र कालीगण्डकी करिडोरमा पहिरो खस्दा यातायात ठप्प भएको छ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खसेपछि उक्त खण्ड अवरुद्ध भएको हो। बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रुपमा बन्द भएको छ।

प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ। अत्यावश्यक बाहेकको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। यात्रा गर्नुपरेमा सडकको अवस्थाबारे सम्बन्धित निकायबाट जानकारी लिएर मात्र निस्कन भनिएको छ।

जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा मुसलधारे वर्षाको सम्भावना औंल्याएको छ। नदी तथा खोलामा पानीको बहाव बढ्ने, बाढी, पहिरो र डुबानको जोखिम रहने भन्दै विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार