काठमाडौंको माइतीघर मण्डलमा बिहीबार ७० लाख सुकुम्बासीलाई विकल्पविहीन उठीबास गराएको भन्दै चर्को प्रदर्शन भयो।
अखिल नेपाल सुकुम्बासी संघ र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले देशभर ‘डोजर आतंक’ र ‘संस्थागत हत्या’ को विरोध गरे।
प्रदर्शनकारीहरूले सरकार र राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरे। उनीहरूले विभिन्न मागसहितका प्लेकार्ड बोकेका थिए।
‘देशभरका ७० लाख सुकुम्बासी एक हौं’ भन्ने नारा प्रमुख थियो। ‘विकासका नाममा उठीबास बन्द गर’ भन्ने माग पनि उठ्यो।
प्रदर्शनकारीले ‘हाम्रो भोट फिर्ता गर, भोटको राजनीति बन्द गर’ भन्दै आक्रोश पोखे। सरकारको १०० कार्यसूची तत्काल कार्यान्वयन गर्नुपर्ने माग थियो।
‘रास्वपाको वाचापत्र कहाँ छ, डोजर पीडित यहाँ छ’ भन्दै प्रश्न गरे। स्थानीय सरकारलाई लक्षित गर्दै ‘बालेन सरकार चाहिँदैन, डोजर लाउन पाइँदैन’ भन्ने नारा लगाए।
