NM Khabar 27 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरीका सिडिओ र प्रहरी प्रमुख जिम्मेवारीबाट हट्ने

बोलबम यात्राका क्रममा सुनसरीमा भएको हिंसात्मक घटनामा एकको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने तयारी छ। सुरक्षा सावधानी अपनाउन नसकेको आरोपमा दुवैलाई गृह मन्त्रालय झिकाउने तयारी छ। सरकारले घटनाको छानबिन गर्न समिति गठन गरिसकेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
27 July 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
सुनसरी सिडिओ प्रहरी
Share:

बोलबम यात्राका क्रममा सुनसरीमा भएको हिंसात्मक घटनामा एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरे र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने तयारी छ। गृह मन्त्रालय स्रोतका अनुसार सुरक्षा सावधानी अपनाउन नसकेको आरोपमा दुवै पदाधिकारीलाई गृह मन्त्रालय झिकाउने तयारी छ।

सरकारले घटनाको छानबिन गर्न समिति गठन गरिसकेको छ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि सिडिओ र प्रहरी प्रमुखको भूमिकामाथि प्रश्नचिह्न खडा भएको थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार