NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरी प्रहरीद्वारा १७ हजार केजी गाँजासहित ६०२ पक्राउ

• सुनसरी प्रहरीले चालु आर्थिक वर्षमा १७ हजार १५२ केजी गाँजा बरामद गरेको छ। • लागुऔषध कारोबारमा ६०२ जना पक्राउ, ३९७ मुद्दा दर्ता र १ करोड ३२ लाख जरिवाना असुली भएको छ। • सीमा क्षेत्रबाट हुने चोरी निकासी नियन्त्रणबाट ३ करोड ४ लाख राजस्व संकलन।
Laxmi Bhattarai
Laxmi Bhattarai
13 June 2026, 5:02 am १ मिनेट पढाइ
आकार:
सुनसरी लागुऔषध बरामद
Share:

सुनसरी जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षको हालसम्म १७ हजार १५२.१४६ केजी गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी उपरीक्षक केशवकुमार थेबेले शुक्रबार इनरुवामा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिए।

प्रहरीका अनुसार यस अवधिमा एक हजार ५६३.६९ ग्राम ब्राउनसुगर, ३२ हजार ७३ पिस ट्याब्लेट/क्याप्सुल र १३० बोतल डाइलक्स डिसीसमेत बरामद गरिएको छ। लागुऔषध कारोबारको आरोपमा ६०२ जनालाई पक्राउ गरिएको छ भने ३९७ वटा मुद्दा दर्ता भएका छन्।

प्रहरीले ११२ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। चालु आवमा ४३६ जना फरार प्रतिवादीलाई पनि पक्राउ गर्न सफल भएको छ। पक्राउ परेकाबाट २१९ वर्ष चार महिना २८ दिन कैद सजाय र रु एक करोड ३२ लाख ३७ हजार ४७० जरिवाना असुली भएको प्रहरी उपरीक्षक थेबेले बताए।

पाँच वर्षदेखि फरार रहेका र पाँच वर्षभन्दा बढी कैद सजाय तोकिएका छ जना प्रतिवादीलाई समेत नियन्त्रणमा लिइएको छ।

यस्तै, नेपाल-भारत सीमा क्षेत्रबाट हुने अवैध भन्सार चोरी निकासी नियन्त्रणका क्रममा चालु आवमा रु तीन करोड चार लाख ४१ हजार २६० राजस्व सङ्कलन भएको छ। चोरी, तस्करीको आरोपमा २१ जना र ४५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।

सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि र अवैध तस्करी नियन्त्रणका लागि प्रहरीले आफ्नो सक्रियता र निगरानीलाई अझ तीव्र बनाएको प्रहरी उपरीक्षक थेबेले बताए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार