नवलपरासीमा ट्रकमा स्कुटर ठोक्कियो, एक महिलाको मृत्यु नवलपरासी पूर्वको कावासोतीमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किएर एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक घाइते भएका छन्। प्रहरीका अनुसार तीव्र गतिको स्कुटर अनियन्त्रित भई रोकिराखेको ट्रकमा ठोक्किएको थियो। Sanjay Karki·मे २, २०२६