NM Khabar 27 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

तराईमा तातो दिन, पहाडमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभावले देशैभर मौसम प्रभावित हुनेछ। तराईका भूभागमा तातो दिनको अनुभव हुनेछ भने पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना छ।
Sanjay Karki
Sanjay Karki
27 May 2026, 9:33 am १ मिनेट पढाइ
आकार:
Share:

पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिकको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा मौसम प्रभावित हुनेछ। यसको असरले तराईका भूभागमा तातो दिनको अनुभव हुनेछ। पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ। तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा पनि यस्तै मौसमी गतिविधि देखिन सक्नेछ।

बागमती र गण्डकी प्रदेशका तराईका भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन÷चट्याङसहित वर्षा÷हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भूभागमा तातो दिनको सम्भावना छ।

मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा अपराह्नपछि हुरीको सम्भावना रहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार