NM KHABAR 25 April 2026
NM KHABAR

हामीलाई पछ्याउनुहोस्

थापाथली सुकुम्बासी बस्ती खाली गराउन प्रहरी परिचालन

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन प्रहरी परिचालन गरिएको छ। सरकारले भूमिहीनहरूको लगत लिने तयारी गरेको छ।
Sanjay Karki
Sanjay Karki
25 April 2026, 7:31 am १ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
Share:

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन प्रहरी परिचालन गरिएको छ। शनिबारदेखि आइतबारसम्म बस्ती खाली गरिने भन्दै प्रहरीले सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ।

सरकारले वास्तविक भूमिहीनहरूको लगत संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउने सूचना जारी गरेको छ। यस क्रममा अपांगता भएका व्यक्ति, बालबालिका, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकता दिएर सुरक्षित रूपमा स्थानान्तरण गरिने जनाइएको छ।

महानगर प्रहरी पनि थापाथलीको सुकुम्बासी क्षेत्रमा पुगेको छ। यसअघि नै थापाथलीको सुकुम्बासी बस्ती हटाउने र त्यसपछि अन्य क्षेत्रमा पनि सोही अनुसारको कारबाही गरिने योजना रहेको बताइएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार