मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

थापाथली सुकुम्बासी बस्ती खाली गराउन प्रहरी परिचालन

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन प्रहरी परिचालन गरिएको छ। सरकारले भूमिहीनहरूको लगत लिने तयारी गरेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१८८

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन प्रहरी परिचालन गरिएको छ। शनिबारदेखि आइतबारसम्म बस्ती खाली गरिने भन्दै प्रहरीले सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ।

सरकारले वास्तविक भूमिहीनहरूको लगत संकलन गरी आवश्यक प्रक्रिया अघि बढाउने सूचना जारी गरेको छ। यस क्रममा अपांगता भएका व्यक्ति, बालबालिका, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकता दिएर सुरक्षित रूपमा स्थानान्तरण गरिने जनाइएको छ।

महानगर प्रहरी पनि थापाथलीको सुकुम्बासी क्षेत्रमा पुगेको छ। यसअघि नै थापाथलीको सुकुम्बासी बस्ती हटाउने र त्यसपछि अन्य क्षेत्रमा पनि सोही अनुसारको कारबाही गरिने योजना रहेको बताइएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार