NM KHABAR 25 April 2026
NM KHABAR

हामीलाई पछ्याउनुहोस्

ट्राफिक नियम उल्लंघन: २४ घण्टामा २९०३ चालक कारबाहीमा, २५ लाख राजस्व संकलन

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २९०३ सवारी चालक ट्राफिक नियम उल्लंघनमा कारबाहीमा परेका छन्। यसबाट २५ लाख ५६ हजार राजस्व संकलन भएको छ। यसमा मादक पदार्थ सेवन, तीव्र गति, लेन अनुशासन उल्लंघन लगायतका कसुर समावेश छन्।
Sanjay Karki
Sanjay Karki
25 April 2026, 11:32 am १ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
Share:

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २५ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न कसुरमा यी चालकहरूलाई कारबाही गरिएको हो। मादक पदार्थ सेवन गरी सवारी चलाउने १२७ जना, नियम विपरीत ‘राइड सेयरिङ’ गर्ने २८१ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने २०० जना र तीव्र गतिमा सवारी चलाउने १७६ जनालाई कारबाही गरिएको छ।

  • मादक पदार्थ सेवन: १२७ जना
  • नियम विपरीत राइड सेयरिङ: २८१ जना
  • ट्राफिक सङ्केत उल्लङ्घन: २०० जना
  • तीव्र गतिमा सवारी चलाउने: १७६ जना
  • लेन अनुशासन पालना नगर्ने: ३१२ जना
  • निषेधित क्षेत्रमा हर्न बजाउने: ६५ जना
  • यात्रु चढाउने-ओराल्ने नियम उल्लंघन: ७४ जना

यसैगरी, लेन अनुशासन पालना नगर्ने ३१२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६५ जना र निर्धारित स्थानमा यात्रु चढाउने तथा ओराल्ने नियम उल्लंघन गर्ने ७४ जनालाई पनि कारबाही गरिएको छ।

प्रहरीले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन र चेकिङ अभियान सञ्चालन गर्दै आएको छ। यसबाट सडक दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार