NM Khabar 6 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

यातायात कार्यालय जनकपुरद्वारा ५७ करोड राजस्व सङ्कलन, अघिल्लो वर्षभन्दा ९ करोड कम

यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाख ३० हजार ६३६ राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा रु नौ करोड ५४ लाख १३ हजार ३४४ कम हो। ‘जेनजी’ आन्दोलन र सफ्टवेयर निर्माणमा ढिलाइले राजस्व सङ्कलन प्रभावित भएको कार्यालयले जनाएको छ।
Sunita Rai
Sunita Rai
6 August 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
यातायात कार्यालय जनकपुर
Share:

यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाख ३० हजार ६३६ राजस्व सङ्कलन गरेको छ। कार्यालय प्रमुख वासुदेव मल्लका अनुसार यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु नौ करोड ५४ लाख १३ हजार ३४४ कम हो।

अघिल्लो आर्थिक वर्षमा कार्यालयले रु ६६ करोड ६९ लाख ४३ हजार ९८० राजस्व सङ्कलन गरेको थियो। गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन तथा आर्थिक वर्षको अन्तिम महिनामा यातायात व्यवस्था विभागले सफ्टवेयर निर्माणमा ढिलाइ गर्दा राजस्व सङ्कलनमा कमी आएको मल्लले बताए।

आव २०८२/८३ मा मोटरसाइकल १६ हजार ९५७, बस/ट्रक १८७, टेम्पो/विद्युतीय रिक्सा एक हजार ९०२, ट्याक्टर एक हजार २२, जिप/कार २२६ गरी २१ हजार २९४ वटा नयाँ सवारी दर्ता भएका छन्। यस अवधिमा १३ हजार ३३८ जनालाई नयाँ तथा वर्ग थप गरी सवारीचालक अनुमतिपत्र वितरण गरिएको थियो।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार