त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट सञ्जय साह सहित दुई जनाको जीवित उद्धार गरिएको छ। रास्वपा सांसद श्रीराम न्यौपानेले Nmkhabarलाई पुष्टि गरे।
उद्धार गरिएकाहरूको स्वास्थ्य अवस्था सामान्य छ। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिक टोली खटिएको थियो।
उद्धार टोलीले सुरुङभित्र फसेकाहरूसँग दोहोरो संवाद गरेको थियो। उद्धारकर्ताहरूले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दा भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको थियो।
सुरुङभित्र अझै केही व्यक्तिहरू फसेको आशंकामा उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
