बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिला तथा समानता राज्यमन्त्री सीमा मल्होत्रा नेपाल आइपुगेकी छिन्। लेबर पार्टीकी नेतृ समेत रहेकी मल्होत्रा शुक्रबार नेपाल आइपुगेकी हुन्। नेपालमा नयाँ सरकार गठन भएपछि यो पहिलो उच्चस्तरीय बेलायती भ्रमण हो।
काठमाण्डुस्थित बेलायती दूतावासले राज्यमन्त्री मल्होत्राको स्वागत गर्दै यो भ्रमण नेपाल–बेलायत सम्बन्ध थप बलियो बनाउने अवसर भएको बताएको छ। सन् २०११ देखि पश्चिम लन्डनस्थित फेल्थम एन्ड हेस्टन क्षेत्रको सांसद रहेकी मल्होत्रा बेलायतको संसदमा महिला अधिकार, रोजगारी, शिक्षा, आप्रवासन नीति र इन्डो–प्यासिफिक क्षेत्रमा सक्रिय छिन्।
