NM Khabar 18 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मस्कोमा एक वर्षयताकै भीषण ड्रोन हमला: एक भारतीयसहित तीनको मृत्यु

युक्रेनले रूसको राजधानी मस्कोमा एक वर्षयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ। यस आक्रमणमा एक भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले यो आक्रमण जायज भएको बताएका छन्।
Bikram Magar
Bikram Magar
18 May 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
Share:

युक्रेनले रूसको राजधानी मस्कोमा एक वर्षयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ, जसमा एक भारतीय नागरिकसहित तीन जनाको मृत्यु भएको छ।

रुसी अधिकारीहरूले आइतबार राति भएको आक्रमणको पुष्टि गरे। रुसी सरकारी समाचार एजेन्सी ‘तास’ का अनुसार यो पछिल्लो एक वर्षको अवधिमा मस्कोमाथि भएको सबैभन्दा ठूलो हमला हो।

मस्कोस्थित भारतीय दूतावासले मृत्यु हुनेमा एक भारतीय नागरिक रहेको जनाएको छ। दूतावासका अनुसार अन्य तीन जना घाइते भएका छन्।

युक्रेनले पनि रूसमा गरिएको आक्रमणको पुष्टि गरेको छ। राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले आक्रमण पूर्णतया जायज भएको बताए। उनले रूसले युक्रेनी सहरहरूमा घातक हमला गरेको उल्लेख गरे।

हालै रूसले युक्रेनको राजधानी किएभमा ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेको थियो। उक्त हमलामा परी २४ जनाको मृत्यु भएको थियो।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार