मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

अनधिकृत ऋण प्रवाह प्रकरण: नविना गुरुङ पक्राउ, ७१ चेक बरामद

‘टप ग्लोबल इन्भेष्टमेन्ट प्रालि’बाट अनधिकृत ऋण प्रवाह गरेको आरोपमा नविना गुरुङ पक्राउ परेकी छन्। राष्ट्र बैंकको अनुमति बिना धितोमा ऋण दिई व्याज असुल्ने गरेको प्रहरीको ठहर छ। प्रहरीले कम्पनीको कार्यालयबाट ७१ थान चेक र कम्प्युटर बरामद गरेको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
नविना गुरुङ पक्राउ
Share:
१४४

काठमाडौँको महाराजगञ्जबाट प्रहरीले अनधिकृत ऋण प्रवाह गरेको आरोपमा नविना गुरुङलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई हाल महाराजगञ्ज बस्ने ४१ वर्षीया गुरुङलाई राष्ट्र बैंक ऐन सम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाका अनुसार गुरुङले ‘टप ग्लोबल इन्भेष्टमेन्ट प्रालि’ नामक कम्पनीमार्फत राष्ट्र बैंकको अनुमति नलिई ऋण प्रवाह गर्ने र व्याज असुल्ने गरेको भेटिएको छ। कम्पनीले व्यक्तिको लालपुर्जा धितो राखी मूल्याङ्कन गरेर ऋण प्रवाह गर्ने गरेको पाइएको छ।

एसपी थापाले धितो मूल्याङ्कनको २० प्रतिशत रकम डिपोजिट गर्न लगाएर कम्पनी सञ्चालकले आफैँ व्याज निर्धारण गर्ने गरेको बताए। कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको सो कम्पनीले बैंक तथा फाइनान्सको जस्तै काम गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

विज्ञापन

प्रहरीले महाराजगञ्जस्थित कम्पनीको कार्यालयबाट विभिन्न व्यक्तिको नाममा रहेका ७१ थान चेक र कम्प्युटर बरामद गरेको छ। प्रहरीले यस प्रकरणमा थप अनुसन्धान गरिरहेको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार