अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि काठमाडौं आइपुगेकी छन्। भारतको नयाँ दिल्ली हुँदै उनी काठमाडौं आइपुगेकी हुन्।
बालेन शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। नेपालस्थित अमेरिकी दूतावासले आयोजना गरेको ‘एसेन्ट समिट २०२६’ (Ascent Summit 2026) मा उनी प्रमुख अतिथीको रूपमा सहभागी हुनेछिन्।
भ्रमणका क्रममा रोजर्सले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
