मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

अमेरिकी उपविदेशमन्त्री रोजर्सको काठमाडौं आगमन: ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथी

अमेरिकी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि काठमाडौं आइपुगेकी छन्। उनी नेपालस्थित अमेरिकी दूतावासले आयोजना गरेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथीको रूपमा सहभागी हुनेछिन्।
Bikram Magar
अन्तर्राष्ट्रिय संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१८३

अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि काठमाडौं आइपुगेकी छन्। भारतको नयाँ दिल्ली हुँदै उनी काठमाडौं आइपुगेकी हुन्।

बालेन शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। नेपालस्थित अमेरिकी दूतावासले आयोजना गरेको ‘एसेन्ट समिट २०२६’ (Ascent Summit 2026) मा उनी प्रमुख अतिथीको रूपमा सहभागी हुनेछिन्।

भ्रमणका क्रममा रोजर्सले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

Bikram Magar

Bikram Magar

अन्तर्राष्ट्रिय संवाददाता

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार