मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

पश्चिम नवलपरासीमा २७ क्विन्टल तोरी बरामद, भन्सार छलीको आशंका

पश्चिम नवलपरासीको महेशपुरबाट प्रहरीले २७ क्विन्टल ८६ किलो तोरी बरामद गरेको छ। भारतबाट भन्सार छली नेपालमा अवैध रूपमा भित्र्याएर टहरामा भण्डारण गरिएको आशंकामा तोरी फेला परेको हो। बरामद तोरीको अनुमानित मूल्य ४ लाख ७३ हजार ६२० रुपैयाँ छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
भन्सार छली तोरी बरामद
Share:
१०९

पश्चिम नवलपरासीको महेशपुरबाट प्रहरीले २७ क्विन्टल ८६ किलो तोरी बरामद गरेको छ। भारतबाट भन्सार छली नेपालमा अवैध रूपमा भित्र्याएर टहरामा भण्डारण गरिएको अवस्थामा तोरी फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार असोज ३ गते साँझ करिब ५ बजे तोरी बरामद गरिएको हो। बरामद तोरीको अनुमानित मूल्य ४ लाख ७३ हजार ६२० रुपैयाँ छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ, जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी र इलाका प्रहरी कार्यालय महेशपुरको संयुक्त टोलीले यो कारबाही गरेको हो।

बरामद तोरी आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिए।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार