भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सडक तताएको एक वर्ष पुगेको छ। सरकारले आज देशभर ‘जेनजी सहिद दिवस’ मनाउँदै सार्वजनिक बिदा दिएको छ। यो आन्दोलनले नेपालको राजनीतिक इतिहासमा नयाँ मोड ल्यायो। राज्यको दमन र प्रदर्शनकारीको विध्वंसपछि तत्कालीन सरकार विघटन भयो।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। अन्तरिम सरकारले गराएको निर्वाचनपछि बालेन्द्र शाह नेतृत्वको सरकार बन्यो। शाह सरकारले आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्मानमा सार्वजनिक बिदा घोषणा गरेको हो।
