NM Khabar 20 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वाईवाईसहित चार ब्राण्डका चाउचाउ गुणस्तरहीन, बजारबाट फिर्ता गर्न आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वाईवाईसहित चार ब्राण्डका चाउचाउ गुणस्तरहीन भेटिएको भन्दै तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। निरीक्षणका क्रममा गोलमोल, वाईवाई, प्रिमियम पिरो र मामा चाउचाउको गुणस्तर न्यून पाइएको हो।
Sanjay Karki
Sanjay Karki
19 July 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
चाउचाउ गुणस्तरहीन
Share:

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वाईवाईसहित चार ब्राण्डका चाउचाउ गुणस्तरहीन भेटिएको भन्दै तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

विभागको निरीक्षणका क्रममा गोलमोल, वाईवाई, प्रिमियम पिरो र मामा चाउचाउ गुणस्तरहीन पाइएका हुन्। सिजि फुड्स इन्टरप्राइजेज प्रालि, बाँसगढी-३ बर्दियाद्वारा उत्पादित यी चाउचाउको नमूना प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर भेटिएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

विभागले गोलमोलको ब्याच नम्बर (बि-बिएम२डि), वाईवाईको ब्याच नम्बर (बि-बिएम१-एक्स), प्रिमियम पिरोको ब्याच नम्बर (बि-बिएम२-सी) र मामा चाउचाउको ब्याच नम्बर (बि-बिएम१-एक्स) का सबै खाद्य वस्तु बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

सो ब्याचका चाउचाउ खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६(क) विपरीत न्यून स्तरको रहेको विभागले जारी गरेको आदेशमा उल्लेख छ।

विभागले अखाद्य प्रमाणित भएका चाउचाउ ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को दफा ३८ को उपदफा (४) अनुसार बिक्री वितरणमा रोक लगाउन पनि आदेश दिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार