NM Khabar 7 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सङ्खुवासभा र भोजपुरका १५ विपन्न महिलाको पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया

सङ्खुवासभा जिल्ला अस्पतालमा पाठेघर खस्ने समस्या भएका १५ विपन्न महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ। जेठ १९ देखि २२ गतेसम्म सञ्चालित शिविरमा भोजपुर र सङ्खुवासभाका महिला लाभान्वित भएका हुन्। शिविरमा स्वास्थ्य परीक्षण, परामर्श, औषधि र खानबस्नको निःशुल्क व्यवस्था गरिएको थियो।
Maya Thapa
Maya Thapa
7 June 2026, 4:33 pm १ मिनेट पढाइ
आकार:
पाठेघर खस्ने शल्यक्रिया
Share:

सङ्खुवासभा जिल्ला अस्पतालमा पाठेघर खस्ने समस्या भएका १५ विपन्न महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ। जेठ १९ देखि २२ गतेसम्म सञ्चालित शिविरमा भोजपुर र सङ्खुवासभाका महिलाहरूले यो सेवा पाएका हुन्।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. सन्तोष देवका अनुसार, आर्थिक अभावका कारण उपचार गराउन नसकेका महिलाहरू यस शिविरबाट लाभान्वित भएका छन्। ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै महिला कमजोर आर्थिक अवस्था र जनचेतनाको अभावले वर्षौँदेखि यो समस्या सहेर बस्न बाध्य हुने गरेका छन्।

“समयमै उपचार नपाउँदा महिलाको दैनिक जीवन, स्वास्थ्य र मानसिक अवस्थासमेत प्रभावित हुने गरेको छ,” डा. देवले भने, “शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा शल्यक्रियापछि औषधि र स्वास्थ्य निगरानीसमेत निःशुल्क उपलब्ध गराइयो।”

शिविरमा करिब एक सय महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो। बिरामीलाई खान बस्नको निःशुल्क व्यवस्था मिलाइएको थियो। जिल्ला अस्पतालमा हाल हार्ड जोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायत सेवा सञ्चालनमा छन्।

सङ्खुवासभाका १० स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भेगका नागरिकसमेत उपचारका लागि यस अस्पतालमा आउने गरेका छन्।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार