NM KHABAR
मुख्य समाचार

जेनजी आन्दोलन दमन प्रकरण: पूर्व गृहमन्त्री रमेश लेखकले दिँदैछन् बयान

Dristy Mishra 1 April 2026, 10:17 am १ मिनेटको पढाइ
Text:
विज्ञापन Sponsor

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकको बयान आज बुधबारदेखि सुरु भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा उनलाई उपस्थित गराएर बयान लिन सुरु गरिएको हो।

गत भदौमा भएको ‘जेनजी’ (Gen-Z) आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको दमन र सो क्रममा भएका मानवीय क्षतिको जिम्मेवारीका विषयमा उनलाई केन्द्रित गरेर प्रश्नहरू सोधिएको बुझिएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि सरकारी वकिलको रोहबरमा बयान लिने प्रक्रिया अघि बढाएको हो।

Dristy Mishra

सम्वाददाता

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार