मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

न्यायपरिषद्द्वारा २०७ न्यायाधीशको सरुवा, विशेष अदालतमा आचार्य सिफारिस

न्यायपरिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ गरी कुल २०७ न्यायाधीशको सरुवा गरेको छ। विशेष अदालत काठमाडौंको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यको नाम सरकारलाई सिफारिस गरिएको छ। श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीको नाम पनि सिफारिस भएको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
न्यायाधीश सरुवा
Share:
१७०

न्यायपरिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ गरी कुल २०७ न्यायाधीशको सरुवा गरेको छ। बिहीबार बसेको परिषद्को बैठकले न्यायाधीशहरूको सरुवाका साथै विशेष र श्रम अदालतको नेतृत्व तोक्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

रिक्त विशेष अदालत काठमाडौंको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई तोक्न नेपाल सरकारलाई परामर्श दिइएको छ। श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्न सरकारसमक्ष सिफारिस गरिएको न्यायपरिषद् सचिवालयले जनाएको छ।

हाल विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट छन्। उनी २०८२ भदौ १३ गते अध्यक्ष नियुक्त भएका थिए।

बैठकले विभिन्न राजस्व न्यायाधिकरणहरूमा कानुन सदस्य एवं अध्यक्ष तोक्नका लागि पनि सरकारलाई परामर्श दिएको छ। काठमाडौंका लागि उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द, पोखराका लागि उच्च अदालत पोखराका न्यायाधीश अञ्जु उप्रेती ढकाल र विराटनगरका लागि उच्च अदालत विराटनगरका न्यायाधीश दिपेन्द्रबहादुर बमलाई तोक्न सिफारिस गर्ने निर्णय परिषद्ले गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार