NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोरला नाकाबाट ७५० विद्युतीय गाडी नियन्त्रणमा: बजेट लिक भएको आशंका

कोरला नाकाबाट ७५० विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। बजेट वक्तव्य आउनुअघि नै यी गाडीहरू भित्रिएको र कर दरबारे सूचना लिक भएको आशंका छ। नियन्त्रणमा लिइएका गाडीहरू नम्बर प्लेटविहीन छन् र कागजात जाँच गरिनेछ।
Sunita Rai
Sunita Rai
4 June 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
विद्युतीय गाडी नियन्त्रण
Share:

कोरला नाका हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। मुस्ताङदेखि कास्कीसम्मको सडकखण्डमा ती गाडीहरू नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले बताए।

बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै गाडीहरू नेपाल भित्रिएको सूचना पाएपछि सशस्त्र प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका गाडीहरू नम्बर प्लेटविहीन छन्। शंका लागेर नियन्त्रणमा लिएका यी गाडीहरूको कागजात भन्सार कार्यालयसँगको समन्वयमा जाँच गरिने अधिकृतले जानकारी दिए। ‘कागजात हेर्छौँ, त्रुटि नदेखिए फिर्ता गर्छौं, त्रुटि देखिएमा कानुन अनुसार कारबाही हुन्छ,’ उनले भने।

बजेट वक्तव्यमा करको दर हेरफेर हुने सूचना लिक भएपछि गाडी आयात गरिएको आशंका छ। हाल कास्की र पर्वत लगायतका स्थानमा सशस्त्र प्रहरीले गाडीहरू नियन्त्रणमा लिएर राखेको छ। सशस्त्रका एक उच्च अधिकृतका अनुसार नियन्त्रणमा लिइएका गाडीहरूमा बीवाईडी (BYD) लगायतका विद्युतीय सवारीसाधन छन्।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार