NM Khabar 24 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

संसद्मा प्रधानमन्त्रीको जवाफ माग: विपक्षीको विरोध चर्किने, सभामुखको भूमिकामाथि प्रश्न

विपक्षी दलहरूले प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने माग गर्दै विरोध चर्काउने भएका छन्। सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै दलहरूले सरकारको कार्यशैलीको कडा आलोचना गरेका छन्। संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागि विपक्षीहरूले सहकार्य गर्ने सहमति गरेका छन्।
NM Khabar
NM Khabar
24 May 2026, 4:31 pm १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौं – प्रधानमन्त्रीले संसद्मा जवाफ नदिएसम्म विपक्षी दलहरूले विरोध चर्काउने भएका छन्। सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले यही मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको कार्यशैली र प्रधानमन्त्रीले संसद्लाई गरेको बेवास्ताको सशक्त विरोध गर्ने निर्णय गरेको हो।

बैठकपछि एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सरकारको कार्यशैली, संसद्प्रतिको उपेक्षापूर्ण व्यवहार र सभामुख डोलप्रसाद अर्यालको भूमिकाबारे छलफल भएको बताए। महरले संसदीय मूल्यविपरीत विपक्षीको आवाज दबाउने, पेलेर अघि बढ्ने सरकार र सभामुखको शैली गैर-लोकतान्त्रिक भएको टिप्पणी गरे।

विपक्षी दलहरूले सभामुख अर्याल अझै राष्ट्रिय स्वतन्त्र पार्टीको नेता जस्तो देखिएको निष्कर्ष निकालेका छन्। नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको र विपक्षीको विरोधलाई नजरअन्दाज गरेको विषयमा छलफल भएको बताए।

विपक्षी दलहरूले संविधान कार्यान्वयन, प्रतिनिधि सभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि सहकार्य गर्ने सहमति जुटाएका छन्। प्रधानमन्त्रीले संसद्मा आएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने उनीहरूको माग छ। यसअघि एक्लाएक्लै विरोध गर्ने दलहरूले अब साझा र सामूहिक रूपमा विरोध चर्काउने भएका हुन्।

छलफलमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापा, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए। श्रमसंस्कृतिका कुनै पनि प्रतिनिधि भने बैठकमा अनुपस्थित रहे।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार