NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वरिष्ठ पत्रकार श्रेष्ठमाथि धरपकड प्रयासको महासङ्घद्वारा विरोध, कारबाहीको माग

जनआस्था साप्ताहिक र जनआस्था डटकममा प्रकाशित आलोचनात्मक समाचारका कारण वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि प्रहरीले निगरानी र धरपकडको प्रयास गरेको छ। नेपाल पत्रकार महासङ्घले घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।
Arjun Basnet
Arjun Basnet
25 May 2026, 9:02 pm १ मिनेट पढाइ
आकार:
Share:

जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री तथा सत्तारुढ दलका नेतासम्बन्धी आलोचनात्मक समाचार प्रकाशित भएपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि प्रहरीले निगरानी र धरपकडको प्रयास गरेको छ। प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले प्रधानमन्त्री बालेन शाहको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने र स्रोत खुलाउन दबाब दिने गतिविधि बढेको जानकारी नेपाल पत्रकार महासङ्घलाई गराएका छन्।

समाचार लेखेकै आधारमा पत्रकारमाथि हुने यस्ता गतिविधि स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको प्रहार भएको महासङ्घका महासचिव रामप्रसाद दाहालले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। महासङ्घले प्रेस विरोधी गतिविधि तत्काल रोक्न आग्रह गरेको छ।

समाचारप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न महासङ्घले सम्बन्धित पक्षलाई आग्रह गरेको छ। पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार