NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सभामुख अर्यालको आश्वासन: प्रधानमन्त्री संसदमा आएर जवाफ दिने तयारीमा

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले संसदमा आएर सांसदका प्रश्नको जवाफ दिने तयारी गरेको बताएका छन्। विपक्षी दलले प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध पारेका थिए। सभामुखले विपक्षी र सत्तापक्षसँग संवाद जारी राखेको र प्रधानमन्त्री छिट्टै सदनमा आउने आश्वासन दिएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
26 May 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
Share:

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीले संसदमा आएर सांसदका प्रश्नको जवाफ दिने तयारी गरेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीसँग आफ्नो नियमित संवाद भइरहेको र छिट्टै संसदमा आएर जवाफ दिने जानकारी गराएका हुन्।

विपक्षी दलले प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग गर्दै बैठक अवरुद्ध पारेका थिए। सभामुख अर्यालले विपक्षी दलले उठाएको माग जायज रहेको स्वीकार गर्दै प्रधानमन्त्री यस विषयमा जानकार रहेको र संसदमा आउने तयारीमा रहेको बताए।

“हामी केही दिनदेखि एउटै विषयमा प्रवेश गरिरहेका छौं, प्रधानमन्त्री सदनमा आएर सांसदको प्रश्नको जवाफ दिनुपर्‍यो । जुन विषय अत्यन्त जायज छ, जनताको माग पनि त्यही हो,” सभामुख अर्यालले भने । उनले सत्तापक्ष र विपक्षी दलका नेताहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए।

सभामुख अर्यालले प्रधानमन्त्रीले सांसदहरूको जिज्ञासा र प्रश्नहरूको जवाफ दिने तयारी गरिरहेको र उहाँ छिट्टै सदनमा उपस्थित हुने बताए । “प्रधानमन्त्रीज्यू सदनमा भइरहेका गतिविधि र माननीय सदस्यहरूले उठाउनुभएको विषयमा पूर्णरूपमा जानकार हुनुहुन्छ,” उनले भने ।

आगामी केही दिनमा बजेट आउने तयारी रहेकाले संसदको कारबाही अगाडि बढाउनुपर्नेमा उनले जोड दिए। सभामुखको आग्रहपछि पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका थिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार