NM Khabar 28 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

स्वास्थ्य मन्त्रालयमा १८०८ दरबन्दी स्वीकृत, आयोगमार्फत पदपूर्ति

स्वास्थ्य मन्त्रालयमा संघीय पुल अन्तर्गत कुल १८०८ दरबन्दी स्वीकृत भएको छ। भूमि व्यवस्था मन्त्रालयबाट अन्तिम स्वीकृतिपछि यो दरबन्दी प्राप्त भएको हो। स्वीकृत दरबन्दीमा लोक सेवा आयोगमार्फत पदपूर्ति गरिनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
28 May 2026, 9:33 pm १ मिनेट पढाइ
आकार:
स्वास्थ्य मन्त्रालय दरबन्दी
Share:

स्वास्थ्य मन्त्रालयमा संघीय पुल अन्तर्गत कुल १८०८ दरबन्दी स्वीकृत भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अन्तिम स्वीकृति प्राप्त भएपछि यो दरबन्दी प्राप्त भएको हो।

स्वीकृत दरबन्दीअनुसार मौजुदा ८३१ दरबन्दीमा ९७७ नयाँ दरबन्दी थप गरी कुल १८०८ दरबन्दी कायम गरिएको मन्त्रालयले जनाएको छ।

अब स्वीकृत दरबन्दीमा लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिनेछ।

विशेषज्ञ चिकित्सकहरूको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको छ। यो सूची संघीय पुल दरबन्दी संरचनाअन्तर्गत मात्र हो।

सिएमए, अहेब, अनमी लगायत प्राविधिक स्वास्थ्यकर्मीका लागि प्रदेश र स्थानीय तहमा निकट भविष्यमा ठूलो संख्यामा दरबन्दी खुल्नेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार