NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कञ्चनपुरमा बाढीमा फसेका २० जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

कञ्चनपुरको पुनर्वासमा दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ। सिताबस्तीमा निउरो टिप्न गएका पाँच महिला र हरियालीटोलमा दाउराघाँस गर्न गएका १५ महिलालाई उद्धार गरिएको हो। सशस्त्र प्रहरीले मनसुनलाई मध्यनजर गर्दै सतर्क रहन नागरिकलाई आह्वान गरेको छ।
Sanjay Karki
Sanjay Karki
30 May 2026, 12:32 pm १ मिनेट पढाइ
आकार:
Share:

कञ्चनपुरको पुनर्वासमा दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सशस्त्र प्रहरी बल नेपालले उद्धार गरेको छ। पुनर्वास नगरपालिका–९ सिताबस्तीमा दोदा नदी तरेर निउरो टिप्न गएका पाँच महिलालाई बिचफाँटास्थित सशस्त्र प्रहरी टोलीले उद्धार गर्‍यो। सशस्त्र प्रहरी नायब निरीक्षक शान्तबहादुर सुनारको नेतृत्वमा टोली खटिएको थियो।

सोही नगरपालिकाको हरियालीटोलमा बाहुन खोलाको बाढीले १५ जना महिलालाई घेरा हाल्यो। दाउराघाँस गर्न गएका उनीहरूलाई सशस्त्र प्रहरीले सकुशल निकालेको हो। सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग्विजय सुवेदीले उद्धार कार्यको पुष्टि गरे। उद्धारमा नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीले सहयोग गरे।

सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी मुख्यालयले मनसुनमा सतर्क रहन नागरिकलाई आह्वान गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार