NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एसियन गेम्स छनोट: नेपालको चीनमाथि २२१ रनको कीर्तिमानी जित

एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले चीनलाई २२१ रनले पराजित गर्‍यो। कुशल भुर्तेलले ४३ बलमा १२९ रनको विस्फोटक शतक बनाए। कुशल मल्लले बलिङमा ३ विकेट लिए र ब्याटिङमा ८५ रन जोडे।
Prakash Gurung
Prakash Gurung
31 May 2026, 11:32 am १ मिनेट पढाइ
आकार:
एसियन गेम्स क्रिकेट
Share:

सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले चीनमाथि २२१ रनको फराकिलो र ऐतिहासिक जित दर्ता गरेको छ। कुशल भुर्तेलको विष्फोटक शतक र कुशल मल्लको उत्कृष्ट अलराउन्ड प्रदर्शनले नेपाललाई समूह ‘ए’ को पहिलो खेलमा सहज जित दिलाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३१३ रनको विशाल योगफल खडा गरेको थियो। यो टी–२० आईमा नेपालको दोस्रो उच्च योगफल हो। नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले ४३ बलमा ५ चौका र १६ छक्का प्रहार गर्दै १२९ रनको उत्कृष्ट इनिङ खेले।

त्यस्तै, कुशल मल्लले ४७ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै अविजित ८५ रनको योगदान दिए। कप्तान रोहित पौडेलले पनि २१ बलमा ५ चौका र ७ छक्कासहित अविजित ६९ रन जोडे। आसिफ शेख ११ रनमा आउट भए।

३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन नेपाली बलरहरूको कसिलो बलिङसामु निरिह साबित भयो। चिनियाँ टोली १९.२ ओभरमा ९२ रनमा अलआउट भयो। चीनका लागि शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाए भने अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालको बलिङतर्फ कुशल मल्लले मात्र १.२ ओभरमा कुनै रन नदिई ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। सन्दीप लामिछाने र सोमपाल कामीले समान २–२ विकेट लिए भने नन्दन यादवले १ विकेट झारे।

Prakash Gurung

Prakash Gurung

संवाददाता · NM Khabar

प्रकाश गुरुङ NM खबरका खेलकुद संवाददाता हुन्। क्रिकेट, फुटबल र एथलेटिक्सका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा उनले गहन कभरेज गर्छन्। नेपाली खेलाडीको सफलताका पछाडिका मानवीय कथाहरू उजागर गर्नु उनको विशेषता हो।

सम्बन्धित समाचार