पर्सा प्रहरीले आफ्नै पत्नीको हत्या गरी फरार भएका रामनारायण दास तत्मालाई महोत्तरीबाट पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका-१० बजरङ्ग टोलका दासलाई प्रहरीले महोत्तरीको रामगोपाल नगरपालिकाबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, दासले जेठ १४ गते मादक पदार्थ सेवन गरी फलामको हतियारले प्रहार गरी ४२ वर्षीया पत्नी हलसियाकुमारी देवीको हत्या गरेका थिए। घटनापछि उनी फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतले अभियुक्त दासलाई महोत्तरी प्रहरीको सहयोगमा पक्राउ गरिएको र कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए।
