प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आइतबारको प्रतिनिधि सभा बैठकमा ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएको विरोधमा नेकपाका जनवर्गीय सङ्गठन समन्वय मोर्चाले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
सोमबार बसेको मोर्चाको बैठकले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दै तत्काल जनतासँग माफी माग्नुपर्ने माग गरेको छ ।
मोर्चाका प्रमुख राजेन्द्र पाण्डेका अनुसार, ‘आत्मसमर्पणवादको विरोध गरौँ, राष्ट्रिय अखण्डताको रक्षा गराैँ’ भन्ने नारासहित विभिन्न सङ्गठनहरूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्ने, विरोधपत्र बुझाउने, विद्यार्थीहरूको संयुक्त पहलमा विरोध प्रदर्शन गर्ने र मसाल जुलुस निकाल्ने जस्ता कार्यक्रमहरू जेठ २१ गतेसम्मका लागि घोषणा गरिएका छन् ।
