NM Khabar 1 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

महरालाई धरौटीमा छाड्ने विशेष अदालतको आदेश: सुन तस्करी प्रकरणको एक लाखको प्रश्न

पूर्वसभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। महरामाथि विद्युतीय चुरोट (भेप) भित्र राखेर सुन तस्करीमा सघाएको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
Arjun Basnet
Arjun Basnet
1 June 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
Share:

पूर्वसभामुख कृष्णबहादुर महरालाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले सुन तस्करी प्रकरणमा मुद्दा खेपिरहेका महरालाई यो आदेश दिएको हो।

महरामाथि विद्युतीय चुरोट (भेप) भित्र राखेर सुन तस्करीमा सघाएको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा महराविरुद्ध मुद्दा दायर गरेको थियो।

उक्त प्रकरणमा भन्सारका कर्मचारीहरू पनि मुछिएका छन्। २०७९ पुस १० गते फ्लाई दुबईको जहाजमा चिनियाँ नागरिकले भेपमा ९ किलो सुन भित्र्याएका थिए।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार