राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनसहित उच्च तहका नेताहरूसँग भेटवार्ता गर्ने भएका छन्। भाजपाको निमन्त्रणामा सोमबार ५ दिने भ्रमणका लागि दिल्ली पुगेका लामिछानेले भाजपा मुख्यालयमा यो भेटघाट गर्ने कार्यक्रम छ।
भेटमा दुई देशका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, दलगत अनुभव आदानप्रदान, राजनीतिक सहकार्यका सम्भावना र नेपाल–भारतबीचको आपसी सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल केन्द्रित हुनेछ। रास्वपाका अनुसार यो भ्रमण दुई देशका प्रमुख राजनीतिक शक्तिबीच संवाद र अनुभव आदानप्रदानको अवसर हो।
