NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भक्तपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु, छोरा घाइते

भक्तपुरको छालिङ्गमा घरायसी विवादका क्रममा श्रीमानले खुकुरी प्रहार गर्दा ३३ वर्षीया श्रीमती सलिना तोलाङ्गे विश्वकर्माको मृत्यु भएको छ। घटनामा उनीहरुका आठ वर्षीय छोरा त्रिशल विश्वकर्मा पनि घाइते भएका छन्। प्रहरीले हत्या आरोपमा श्रीमान विदुर विश्वकर्मालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
Maya Thapa
Maya Thapa
4 June 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
भक्तपुर हत्या
Share:

भक्तपुरको छालिङ्ग सडकस्थित नेपाली सेनाको ब्यारेक पछाडि डेरामा बस्ने ३८ वर्षीय विदुर विश्वकर्माले घरायसी विवादमा खुकुरी प्रहार गरी ३३ वर्षीया श्रीमती सलिना तोलाङ्गे विश्वकर्माको हत्या गरेका छन्। बिहीबार बिहान भएको उक्त घटनामा उनीहरुका आठ वर्षीय छोरा त्रिशल विश्वकर्मासमेत घाइते भएका छन्।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार, काठमाडौंको शंकरापुर नगरपालिका–६ नाङ्लेभारे घर भएका विश्वकर्माले आफ्नै डेरामा श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए।

घटनामा आठ वर्षीय छोरा त्रिशल विश्वकर्मा पनि घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीले खुकुरी प्रहार गर्ने विदुर विश्वकर्मालाई पक्राउ गरी घटनाको अनुसन्धान अघि बढाएको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार