मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

पोखराको फोहोरमा तीन ग्रिनेड बम भेटिए, सेनाले निष्क्रिय पार्‍यो

पोखराको पोखरा-२१ मा फोहोरको थुप्रोमा तीन ग्रिनेड बम भेटिएका छन्। कवाडी खोज्ने क्रममा महिलाले बम फेला पारेकी थिइन्। सेनाको बम डिस्पोजल टोलीले ती बम निष्क्रिय पारेको छ।
Sanjay Karki
१ मिनेट पढाइ
आकार:
पोखरा फोहोर बम
Share:

पोखराको पोखरा–२१ स्थित फोहोर फाल्ने ठाउँमा संकलित फोहोरमा तीन ग्रिनेड बम फेला परेका छन्। बिहीबार बिहान फोहोर बोक्ने गाडीले फोहोर खन्याउने क्रममा कवाडी सामान खोजिरहेकी रिमा शेर्पाले ती बम भेट्टाएकी थिइन्।

पोखरा–१७ रातोपैह्रा र पर्वतीय संग्रहालय क्षेत्रबाट संकलित फोहोरमा बम भेटिएको पोखरा–२१ की कार्यवाहक वडाध्यक्ष विमला केसीले पुष्टि गरिन्। ग.१ख.५४३७ नम्बरको फोहोर बोक्ने गाडीले ल्याएको फोहोरमा बम फेला परेको हो।

बोरामा भएकाले गाडीमा कसैले बम नदेखेको केसीले बताइन्। फोहोर फाल्ने ठाउँमा खन्याएपछि मात्रै बम देखिएको हुनसक्ने उनको भनाई छ। कवाडी खोज्ने क्रममा शेर्पाले बम भेट्टाएकी थिइन्।

बम फेला परेपछि एस्काभेटर चालकको सल्लाहमा शेर्पाले बम सुरक्षित स्थानमा राखेकी थिइन्। वडा प्रहरी कार्यालय बैदामको टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो। बम डिस्पोजल टोलीले बमहरू निष्क्रिय पारेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार