मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा आगामी तीन दिनसम्म मध्यम तातो लहर (हिट वेभ) आउने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले यस क्षेत्रमा सतर्क रहन अनुरोध गरेको छ।
महाशाखाका अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्नेछ।
कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ। विभागले सूचनामा अद्यावधिक रहन आग्रह गरेको छ।
