NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

काठमाडौं सहयोगापेक्षी मानवमुक्त घोषित, प्रहरी-आश्रमसँग सम्झौता

• काठमाडौं महानगरपालिकालाई सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गरिएको छ। • कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘जो बेसहारा, महानगरपालिकाको अभिभारा’ नारासहित घोषणा गरिन्। • उद्धार, हेरचाह, उपचार र पुन:स्थापनाका लागि प्रहरी, प्रशासन र मानव सेवा आश्रमसँग सम्झौता भएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
9 June 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
मानवमुक्त सहर घोषणा
Share:

काठमाडौं महानगरपालिकालाई सोमबार सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गरिएको छ। राष्ट्रिय सभागृहमा आयोजित समारोहमा कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘जो बेसहारा, महानगरपालिकाको अभिभारा’ नारासहित यो घोषणा गरिन्।

अभियानलाई प्रभावकारी बनाउन महानगरपालिकाले नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गरेको छ। सम्झौताले सडक वा सार्वजनिक स्थलमा आश्रयविहीन व्यक्तिको उद्धार, हेरचाह, औषधोपचार र पुन:स्थापनाको कार्यलाई निरन्तरता दिनेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार