कालीकोट खण्डमा पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ। यात्रुहरू बाटोमै अलपत्र परेका छन्।
मङ्गलबारदेखि परेको अविरल वर्षाले नरहरिनाथ गाउँपालिका–१ को लालीघाटदेखि भौतेकुनासम्म पहिरो गएको छ। सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड पनि अवरुद्ध छ। पचालझरना गाउँपालिका–४ को घाटपारी सडकखण्डमा पनि पहिरो खसेको छ।
