भोजपुरका बेँसी क्षेत्रका मकैबारीमा फौजी कीराको प्रकोपले ठूलो क्षति पुर्याएको छ। पौवादुङमा गाउँपालिकाका किसानहरूका अनुसार कीराले मकैका पात, डाँठ र गाभासमेत खाइदिएपछि बाली सखाप हुने अवस्थामा पुगेको छ।
यस कीराको आक्रमणले उब्जनीमा ठूलो नोक्सानी हुने देखिएको छ। किसानहरूले कीरा नियन्त्रणका लागि तत्काल उपाय खोज्न माग गरेका छन्।
