NM Khabar 16 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विनियोजन विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल, अर्थमन्त्रीले राष्ट्रियसभामा जवाफ दिने

संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल हुनेछ। राष्ट्रियसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
15 June 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
विनियोजन विधेयक छलफल
Share:

संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत युवा, श्रम तथा रोजगार, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुनेछ।

राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार