काठमाडौं उपत्यका ट्राफिक प्रहरीले २४ घण्टामा २,०२५ सवारी चालकलाई नियम उल्लंघनमा कारबाही गरेको छ। यसबाट राज्यकोषमा १० लाख ४८ हजार ५ सय राजस्व दाखिला भएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
मादक पदार्थ सेवन गर्ने १००, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १०७, सङ्केत बत्ती उल्लंघन गर्ने १३६ र तीव्र गतिमा सवारीसाधन चलाउने १६५ जना कारबाहीमा परे।
लेन अनुशासन पालना नगर्ने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने ११७ र अन्य नियम उल्लंघन गर्ने एक हजार १२८ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
