राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश प्रदेश अधिवेशनको तयारीबारे सांसदहरूसँग छलफल गरेका छन्। उनले सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा मधेश प्रदेशका सांसदहरूसँग भेट गरी अधिवेशनको अवस्थाबारे जानकारी लिए।
अन्य ६ प्रदेशमा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भइसकेको छ। मधेश प्रदेशमा भने आन्तरिक विवादका कारण अधिवेशन अझै अन्योलमा छ। रास्वपाको पर्सा जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको छ। अन्य जिल्लामा अधिवेशन हुन बाँकी छ।
पालिका र वडा तहसम्मका अधिवेशनहरू पनि मधेश प्रदेशमा धेरै बाँकी छन्। सभापति लामिछानेले सांसदहरूसँग छलफल गरी समस्या समाधानको उपाय खोज्ने प्रयास गरेका छन्।
