प्रधानमन्त्री बालेन शाहले दिनुपर्ने बजेटसम्बन्धी प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएपछि प्रतिनिधि सभामा नेकपा एमालेले नियमापत्ति जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय तथा रक्षा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिन लागेपछि एमाले सांसद गुरुप्रसाद बरालले यो अभ्यास संसदीय परम्पराविपरीत भएको भन्दै आपत्ति जनाए।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयबाट अर्थमन्त्रीलाई जवाफ दिन अख्तियारीसहित पत्र प्राप्त भएको भन्दै नियमापत्ति अस्वीकार गरे। यसपछि अर्थमन्त्री वाग्लेले सम्बन्धित मन्त्रालयका बजेटमाथि उठेका प्रश्नको जवाफ दिए।
