राहदानी विभागले हाल सञ्चालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागेकाले असार २५ र २६ गते राहदानीसम्बन्धी सम्पूर्ण सेवा बन्द गर्ने भएको छ।
विभागले बुधबार जारी गरेको सूचनाअनुसार प्रणाली स्थानान्तरणका कारण दुई दिन सेवा अवरुद्ध हुनेछ। यसअघि असार १९ गते पनि विभागले प्रणाली परिवर्तनका कारण सेवा बन्द हुनेबारे सूचना जारी गरेको थियो।
यद्यपि, यस अवधिमा विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिनेछ। मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीहरूले विभागमा सम्पर्क गरी आफ्नो राहदानी बुझ्न सक्नेछन्।
