सरकारी र निजी मेडिकल कलेजमा फरक स्टाइपेन्ड पाउने एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरू १०४ दिनदेखि आन्दोलनरत छन्। समान प्रवेश परीक्षा, पाठ्यक्रम र जिम्मेवारी निर्वाह गर्दा पनि उनीहरूले असमान पारिश्रमिक भोग्नुपरेको छ।
‘एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियान’ले तत्काल समान स्टाइपेन्डको व्यवस्था नभए देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएको छ। यो अभियानले समान कामको समान ज्यालाको सिद्धान्त लागू गर्न माग गरेको छ।
सरकारले यस विषयमा ठोस निर्णय नलिँदा इन्टर्नहरूको भविष्य अन्योलमा परेको छ।
