NM Khabar 1 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकार–हिन्दुवादी पक्षको वार्ता जारी: १५ बुँदे मागसहित गृहमन्त्री गुरुङलाई दबाब

सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजार घटनापछि जनकपुरधाममा सरकार र हिन्दुवादी संस्थाहरूबीच वार्ता सुरु भएको छ। हिन्दुवादी पक्षले १५ बुँदे मागपत्र प्रस्तुत गरेको छ।
Kamala Devi
Kamala Devi
1 August 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
हिन्दुवादी माग
Share:

सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका हिंसात्मक घटनापछि उत्पन्न तनाव समाधानका लागि जनकपुरधाममा नेपाल सरकार र हिन्दुवादी संस्थाहरूबीच पुनः औपचारिक वार्ता सुरु भएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषामा जारी वार्तामा गृहमन्त्री सुदन गुरुङ नेतृत्वको सरकारी टोली र विभिन्न हिन्दुवादी संस्थाका प्रतिनिधिहरू सहभागी छन्।

हिन्दुवादी पक्षले सरकारसमक्ष १५ बुँदे मागपत्र प्रस्तुत गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न जोड दिएको छ।

मागपत्रमा घटनामा संलग्न व्यक्तिहरू र योजनाकारलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने, छानबिन समितिको प्रतिवेदन तथा गोली चलाउन आदेश दिने व्यक्तिको विवरण सार्वजनिक गर्नुपर्ने, मृतकका परिवारलाई आर्थिक क्षतिपूर्ति, सरकारी रोजगारी, घाइतेहरूको निःशुल्क उपचार तथा मृतकलाई शहीद घोषणा गर्नुपर्ने माग समावेश छ।

हिन्दुवादीहरूले गृहमन्त्री सुदन गुरुङ समक्ष राखेका १५ बुँदे मागहरूमा घटनामा संलग्न दोषी तथा योजनाकारलाई तत्काल पक्राउ गरी कारबाही, छानबिन समितिको प्रतिवेदन र गोली चलाउन आदेश दिने व्यक्तिको विवरण सार्वजनिक, मृतकका परिवारलाई क्षतिपूर्ति, सरकारी जागिर, घाइतेको निःशुल्क उपचार र मृतकलाई शहीद घोषणा, प्रशासनिक लापरबाही तथा सुरक्षा कमजोरीमा जिम्मेवार अधिकारीमाथि कारबाही, नेपालका सबै मस्जिद, मदरसा तथा मठ–मन्दिरको उच्चस्तरीय जाँच तथा निगरानी र देशभित्र तथा विदेशबाट हुने सम्पूर्ण सञ्जाल (नेटवर्क) र आर्थिक स्रोत (फन्डिङ) को छानबिन, घटना हुनुभन्दा केही समयअघिदेखि गोलीकाण्ड समाप्त भएको एक घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुनुको छानबिन र सम्बन्धित विद्युत् कार्यालय प्रमुखमाथि कारबाही, नेपाललाई ‘वैदिक सनातन हिन्दु राष्ट्र’ पुनःस्थापनाका लागि संसद्मा प्रस्ताव पेस, मुस्लिम आयोग खारेज, मदरसा तथा अन्य धार्मिक विद्यालयहरूको उचित छानबिन र अवैध ठहर भएका संस्थालाई प्रतिबन्ध, मस्जिदबाट लाउडस्पीकर हटाउनुपर्ने, रोहिंग्या, बंगलादेशी तथा पाकिस्तानी घुसपैठियाहरूको पहिचान गरी देश निकाला र सीमा सुरक्षा कडा बनाउनुपर्ने, मुस्लिम र हिन्दु समुदायका तीन पुस्तासम्म तथा वि.सं. २०४६ सालदेखि यता वितरण भएका सबै नागरिकताको छानबिन, गृह मन्त्रालयअन्तर्गत रहेको हज यात्रा समितिको कार्यालय हटाउनुपर्ने र हज यात्रा समिति खारेज गर्नुपर्ने, राष्ट्रिय सुरक्षाको विषय भएकाले प्रधानमन्त्रीका सल्लाहकार तथा संविधान संशोधन संयोजक मो. आसिम शाहलाई तत्काल पदमुक्त गर्नुपर्ने, चाडपर्व तथा धार्मिक अवसरमा हातहतियार प्रदर्शन गर्ने व्यक्तिमाथि कारबाही, सुनसरीको देवानगञ्ज घटनापछि पक्राउ परेका व्यक्तिहरूमाथि दर्ता भएका मुद्दाहरूको पुनरावलोकन र कानुनी प्रक्रियाअनुसार तत्काल रिहा गर्नुपर्ने, र सामाजिक सञ्जालमार्फत हिंसा, द्वेष वा अतिवादी विचार फैलाउने व्यक्तिहरूको पहिचान गरी कारबाही गर्नुपर्ने मागहरू रहेका छन्।

गृहमन्त्री सुदन गुरुङले हिन्दूवादी संगठनले उठाएका मागहरू गम्भीरतापूर्वक सुनेको र सबै माग तत्काल पूरा गर्न नसकिने देखिएको बताए। उनले जायज मागहरू तत्काल सम्बोधन गर्ने आश्वासन दिए। विश्व हिन्दू परिषद नेपाल, धनुषाका अध्यक्ष जानकी रमनले हिन्दू राष्ट्र कायम गर्ने विषयमा आफूहरू अडिग रहेको बताए। गृहमन्त्री गुरुङले हिन्दू राष्ट्र कायम गर्ने विषयलाई केन्द्रमा छलफल गरेर अगाडि बढाइने आश्वासन दिएको उनले जानकारी दिए। अर्को चरणको वार्ता आजै एक घण्टापछि बस्ने बताइएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार